Logo

यी हुन सुनकाण्डपछि मानसिक तनाव भएको भन्दै सामूहिक सरुवा मागेका विमानस्थल भन्सारका १३७ कर्मचारी (नामसहित)

यी हुन सुनकाण्डपछि मानसिक तनाव भएको भन्दै सामूहिक सरुवा मागेका विमानस्थल भन्सारका १३७ कर्मचारी (नामसहित)



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका प्रमुखदेखि कार्यालय सहयोगीसम्मका सबै कर्मचारीले सामुहिक सरुवा माग गर्दै भन्सार विभागमा निवेदन दिएका छन् । भन्सार अधिकृत रमेशकुमार खतिवडासहित १३७ जना कर्मचारीले सामुहिक सरुवा माग्दै निवेदन बुझाएका हुन् । भदौ १२ गते विमानस्थल भन्सार कार्यालयका २८ भन्सार अधिकृतसहित १३७ जनाले सामुहिक रुपमा पत्र पठाएका हुन् ।

केही दिनअगाडि मात्र जिल्ला सरकारी कार्यालय काठमाडौंले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र लेखी ६० किलो सुन तस्करी प्रकरणमा भन्सारका सबै कर्मचारीमाथि अनुसन्धान गर्न आग्रह गरेको थियो । ६० किलो सुन प्रकरणपछि काम गर्ने वातावरण नभएको भन्दै उनीहरूले सामुहिक राजीनामा मागेका छन् ।

विभिन्न निकायले अनुसन्धान गर्ने नाममा दुःख दिएको, मानसिक तनाव भएको र बिना प्रमाण थुनामा राख्ने काम भएको उनीहरूको गुनासो छ । भन्सारबाट जाँच पास भइसकेको सुन सिनामंगलबार राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । यो प्रकरणमा भन्सारका केही कर्मचारी पक्राउ परेका छन् । उनीहरू सीआईबीको हिरासतमा छन् ।

‘सो घटनामा दोषी जोकोहीलाई कानुन बमोजिम कारबाही गरियोस् भन्ने कुरामा हाम्रो दुई मत रहेन तर कर्तव्य पालनाको सिलसिलामा खटिएका कर्मचारीहरुमाथि अनावश्यक रुपमा धरपकड गर्ने, प्रमाण बिना थुन्ने, संलग्नता भएको यथेष्ट प्रमाण नहुँदा नहुँदै समेत पक्राउ गरी दुःख दिने नियत देखिएको हुँदा कार्यालयमा उपस्थित भइ तोकिएको कार्यजिम्मेवारी पूरा गर्न हामी कर्मचारीहरुमा व्यक्तिगत मनोवैज्ञानिक त्रास उत्पन्न भएको छ,’ विभागका महानिर्देशकलाई लेखिएको पत्रमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL