Logo

२४ हजार घरधनीको बैंक खातामा पहिलो किस्ताको अनुदान, ५० हजार रूपैयाँ जम्मा

२४ हजार घरधनीको बैंक खातामा पहिलो किस्ताको अनुदान, ५० हजार रूपैयाँ जम्मा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भूकम्प अतिप्रभावित उपत्यका बाहिरका ११ जिल्लामा ५ लाख ३३ हजार ४ सय ५४ घरधनी अनुदान पाउने छनौट सूचीमा परेका छन् । भुकम्प प्रभावित ११ जिल्लामा विस्तृत घरधुरी सर्वेक्षण गरिएको थियो ।

अनुदान पाउने सूचीमा परेका घरधनीसँग अनुदान सम्झौता गर्ने र पहिलो किस्ताको अनुदान रकम उपलब्ध गराउने क्रम जारी रहेको पुर्निनर्माण प्राधिकरणले जानकारी दिएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयकाअनुसार २ लाख २३ हजार ८ सय ३० घरधनीसँग अनुदान सम्झौता भइसकेको छ । अनुदान सम्झौता गरेका २४ हजार ४ सय २८ घरधनीको बैंक खातामा पहिलो किस्ताको अनुदान ५० हजार रूपैयाँ जम्मा भएको बताइएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र नेपाल बैंकर्स एशोसियसन, डेभलपमेन्ट बैंकर्स एशोसियसन तथा फाइनान्सियल इन्स्टिच्यूसन एशोसियसनबीच बैंकिङ प्रणालीमार्फत घरधनीलाई अनुदान रकम उपलब्ध गराउन गत जेठ १४ गतेसमझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

सोहीअनुसार प्राधिकरण र ५९ वटा बैंकबीच छुट्टा(छुट्टै सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

प्रतिक्रिया दिनुहोस्