Logo

आज नेपाली क्रिकेट इतिहासको विशेष दिन, एशिया कपको उद्घाटन खेलमा नेपालले पाकिस्तानको सामना गर्दै

आज नेपाली क्रिकेट इतिहासको विशेष दिन, एशिया कपको उद्घाटन खेलमा नेपालले पाकिस्तानको सामना गर्दै



काठमाडौँ । आजदेखि एशियाको क्रिकेटको सबैभन्दा ठुलो प्रतियोगिता एसिया कप शुरु हुदै छ । आजदेखि शुरु हुने एशिया कपको फाइनल खेल सेप्टेम्बरमा प्रेमदासा स्टेडियम श्रीलंकामा हुने छ ।

एशिया कपका चार खेल पाकिस्तानले आयोजना गर्दै छ भने बाँकी खेलहरु श्रीलंकामा हुने छन् । पहिलो पटक एशिया कप खेल्न लागेको नेपालले उद्घाटन खेलमै आज पाकिस्तानको सामना गर्दै छ । पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा हुने यो डे(नाइट खेल नेपाली समय अनुसार अपराहन्न ३स् ४५ देखि शुरु हुदै छ ।

यस्तै, नेपालले दोस्रो खेलमा भारतविरुद्ध सेप्टेम्बर ४ मा श्रीलंकामा खेल्नेछ । एकदिवसीय फर्म्याटमा खेलिने एशिया कपको यो १६औं संस्करण हुन लागेको हो । नेपालले एशिया कपमा पहिलो पटक आफ्नो सहभागिता जनाउन लागेकाले पनि नेपालमा यसको विशेष चासो रहेको छ । त्यसमा पनि नेपाल भारत र पाकिस्तानको समुहमा रहेकाले नेपाली क्रिकेटप्रेमीहरुबीच चासो बढेको हो ।

नेपाली टिममा रोहितकुमार पौडेल ९कप्तान०, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुलशन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र श्याम ढकाल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL