Logo

अमेरिकाद्वारा नेपाललाई थप व्यापार सहुलियत, लगेज, झोलालगायतमा नयाँ भन्सार छुट

अमेरिकाद्वारा नेपाललाई थप व्यापार सहुलियत, लगेज, झोलालगायतमा नयाँ भन्सार छुट


बिजखबर संवाददाता
0
Shares

अमेरिकाले नेपाललगायत अल्पविकसित मुलुकहरुका लागि लगेज, झोला, हातेझोला र वालेट जस्ता यात्रा सामग्रीका लागि नयाँ भन्सार छुट सुविधा थपिएको छ । संयुक्त राज्य अमेरिकाको व्यापार प्रतिनिधिको कार्यालय (युएसटीआर) ले जनरलाइज्ड सिस्टम अफ प्रेफरेन्सेस (जीएसपी) कार्यक्रमअन्तर्गत एनुअल प्रोडक्ट रिभ्यु (वार्षिक उत्पादन समीक्षा) घोषणा गरेको हो ।

यसअन्तर्गत नेपाल लगायतका अल्पविकसित लाभग्राही विकासोन्मुख मुलुकहरूका निम्ति लगेजलगायतको भन्सारमा छुट दिएको हो । नयाँ नियम जुलाई १ (असार १७ गते) देखि सुरु हुने छ ।

सन् २०१५ मा अमेरिकाले करिब १० अर्ब डलर बराबरका यात्रा तथा लगेज सामग्रीहरू आयात गरेको थियो । यससँगै नेपाली व्यापार व्यवसायहरूका लागि अमेरिकी बजारमा आफ्नो निर्यात बढाउने अवसर सिर्जना भएको अमेरिकी राजदूत अलाइना बी. टेपलेट्जले जानकारी दिए ।

सन् २०१५ मा कम्बोडियापछि अमेरिकामा लगेज सामग्री निर्यात गर्ने अल्पविकसित मुलुकहरूमा नेपालले दोस्रो स्थान हासिल गरेको थियो ।  एजेन्सि

प्रतिक्रिया दिनुहोस्