Logo

प्रधानमन्त्रीले संसदमा भने-देशको अर्थतन्त्र लयमा फर्किँदैछ, १० महिनालाई आयात धान्ने रकम छ

प्रधानमन्त्रीले संसदमा भने-देशको अर्थतन्त्र लयमा फर्किँदैछ, १० महिनालाई आयात धान्ने रकम छ



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्र लयमा फर्किंदै गएको बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर’ कार्यक्रममा उनले विभिन्न आर्थिक सूचाकांक पेस गर्दै देशको अर्थतन्त्र लयमा फर्किएको दाबी गरेका हुन् ।

अर्थतन्त्रमा देखिएका समस्या विस्तारै समाधान हुँदै गएको दाबी गर्दै देशको रेमिट्यान्स बढेर गत असार मसान्तसमम १२ खर्ब २० अर्ब ५६ करोड पुगेको जानकारी दिए । १० महिनालाई आयात धान्ने सञ्चित रकम रहेको प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो आसन्न चीन भ्रमणका कार्यक्रममा यसअघि भएका सहमति र सम्झौता कार्यान्वयनमा जोड दिइने जानकारी दिएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर’ कार्यक्रममा उनले आफ्नो चीन भ्रमणमा सहमति सम्झौता कार्यान्वयनमा जोड दिने बताएका हुन् । साथै, सीमानाका खुलादेखि दुई देशबीचको आपसी हित र चासो तथा द्विपक्षीय व्यापार लगायतका विषयमा कुराकानी हुने जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब मेलम्ची खानेपानीको वितरण सहज हुने बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर’ कार्यक्रममा उनले मनसुन रोकिएको डेढ महिना पश्चात् मेलम्ची खानेपानीको वितरण सहज हुने जानकारी दिएका हुन् । साउन महिनाको बाढीले मेलम्ची खानेपानीको हेडकवर्कस बगाएको र मेलम्ची बजारदेखि उक्त स्थानसम्म मुग्ने मार्गमा अवरोध भएको प्रधानमन्त्रीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL