Logo

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले उकालो लागेको हो । आज नेपाली बजारमा सुन प्रतितोला १ लाख ११ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै आज चाादीको मूल्य पनि बढेर प्रतितोला १४ सय ६५ रुपैयाँ पुगेको छ । यसको मूल्य सोमबार १४ सय ६० रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्