Logo

विरोधमा उत्रिए प्राधिकरणका कर्मचारी, पोशाक र अनुगमन बहिस्कार

विरोधमा उत्रिए प्राधिकरणका कर्मचारी, पोशाक र अनुगमन बहिस्कार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारी विरोधमा उत्रिएका छन् । कर्मचारी संगठन संरचना तथा कर्मचारी सेवा विनियमावली संसोधन नभएको भन्दै विरोधमा उत्रिएको प्राधिकरणका कर्मचारी युनियनका अध्यक्ष अच्युतानन्द मिश्रले जानकारी दिए । ‘संगठनले कर्मचारीको सुविधा थप गर्नुपर्ने तथा कर्मचारी बढाउनुपर्ने माग सहित विनियमावली संसोधनका लागि मन्त्रालयमा पठाएको थियो,’ उनले भने, ‘तर, मन्त्रालयबाट हालसम्म केही जानकारी आएको छैन ।’

प्राधिकरणका कर्मचारीलाई नेपाल सरकारको कर्मचारी सरह सेवा सुविधा नभएको कर्मचारी युनियनका अध्यक्ष अच्युतानन्द मिश्रले जानकारी दिए । त्यस्तै पोसाक भत्ता, अनुगमनजस्ता विषयमा पनि अन्य कम्पनीको तुलनामा न्यून रहेको बताइएको छ । ‘अनुगमनमा जाँदा पनि प्राधिकरणका कर्मचारीले आफै पैसा हाल्नुपर्ने अवस्था छ,’ उनले भने ‘अव आफै पैसा हालेर अनुगमनमा गइदैन ।’ त्यस्तै पोसाक खर्च कम भएको भन्दै कर्मचारी पोसाक वहिस्कार गरेको उनले बताए ।

युनियनले यसअघि २०६८ मा विनियमावली संसोधनका लागि मन्त्रालयमा पठाएको थियो । तर २०६९ मा मन्त्रालयबाट संसोधन फिर्ता आएको थियो । त्यसपछि हालसम्म प्राधिकरका कर्मचारीको बढुवा तथा सुविधामा थप भएको छैन । त्यस्तै दुरसञ्चार कोषमा भएको पैसा पूर्वाधार बनाउन खर्च गर्नुपर्ने समेत कर्मचारीहरुको माग हो ।

प्रतिक्रिया दिनुहोस्