काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुद्धा दर्ता भएको छ । आईतबार जिल्ला अदालत काठमाडौंमा सरकारी जग्गा हिनामिना गरेको भन्दै २९० जनाविरुद्ध सरकारी लिखत कीर्तेको कसूरमा मुद्दा दर्ता भएको हो ।
यसअघि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सीआईबी)ले रायसहितको प्रतिवेदन सरकारी वकिलकहाँ पेश गरेको थियो । जसमा प्रतिवादीहरुलाई संगठित अपराधको मुद्धा चलाउन सिफारिस गरिएको थियो ।
सोही अनुसार सरकारी वकिलहरुले भने संगठित अपराधमा भन्दा पनि लिखत किर्तेको कसुरमा आज २ सय ९० जना प्रतिवादीविरुद्ध मुद्धा दर्ता गराएका हुन् ।
यो प्रकरणमा १८ अर्ब बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ । पुरानो घटना भएकाले यसमा मुलुकी ऐन, २०२० अनुसारको बिगो दाबी माग गरिएको छ ।