Logo

नेपाली बजारमा सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

नेपाली बजारमा सुनको मूल्य स्थिर, चाँदीको बढ्यो



काठमाडौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर कायम भएको जनाएको छ । महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार १०० रुपैयाँ छ ।

यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५५० रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुन र तेजाबी सुनको मूल्य यही कायम थियो । सुनको मूल्य स्थिर कायम भए पनि आइतबार चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार आइतबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।

यससँगै आइतबार चाँदीको मूल्य तोलामा १४ सय ६५ रुपैयाँ कायम छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १४ सय ५० रुपैयाँ कायम थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL