Logo

पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउन निर्देशन, कम्तिमा ३ महिनालाई पुर्याउनुपर्ने

पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउन निर्देशन, कम्तिमा ३ महिनालाई पुर्याउनुपर्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्वन्ध समितिले एलपी ग्यासलगायत पेट्रोलियम पदार्थको  कम्तीमा ३ महिनालाई पुग्ने भण्डारण बनाउन निर्देशन दिएको छ । समितिको बुधवार बसेको बैंठकले आपूर्ति मन्त्रालय र आयल निगमलाई भण्डारण क्षमता बढाउँदै लगी ३ महिनालाई पुग्ने भण्डारण बनाउन निर्देशन दिएको हो ।

समितिले स्वचालित मूल्य प्रणालीको भावना र कानूनी प्रावधान बमोजिम मूल्य समायोजन गर्न समेत निर्दिष्ट गरेको छ ।

त्यस्तै मूल्य स्थिरीकरण कोषको कार्यविधिमा संशोधन गरी कोषमा जम्मा हुने रकमको प्रतिशत बढाउन निर्देशन दिएको छ । समितिले यस अघि दिएका निर्देशनहरु कार्यान्वयन गर्न गराउन यस समितिबाट गठन हुने उपसमितीसँग आवश्यक छलफल र प्राप्त निर्देशन बमोजिम कार्य गर्ने गराउने ।

सिलिण्डरको मापदण्ड र सुरक्षात्मक उपायहरुलाई अझ परिमार्जन गरी उपभोक्ताको हितमा काम गर्ने र सिलिण्डरको गुणस्तरका सम्वन्धमा कडाका साथ अनुगमन गरी सिलिण्डर उत्पादक वा सिलिण्डर प्रयोग गर्ने उद्योगी जोसुकै दोषी देखिएतापनि कडा कानूनी कावाहीको दायरमा ल्याउन समेत सम्वन्धित निकायलाई निर्देशन दिएको हो ।

उपभोक्ताले आफुसँग भएको जुनसुकै सिलिण्डरलाई पनि सहज रुपमा साट्न सक्ने नीतिगत व्यवहारिक व्यवस्था अविललम्ब कार्यन्वयनमा ल्याउन आवश्यक भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्