Logo

प्रतितोला ५ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो

प्रतितोला ५ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो



काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा आज नेपाली बजारमा सुनको मूल्य उकालो लागेको हो ।

नेपाली बजारमा आज सुन प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसको मूल्य बुधबार भने १ लाख १० हजार ६ सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको मूल्यमा पनि उच्च वृद्धि देखिएको छ । बुधबार प्रतितोला १४ सय २५ रुपैयाँमा कारोबार भईरहेको चाँदी आज प्रतितोला ३५ रुपैयाँले बढ्दै १४ सय ६० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्