Logo

१० साउनदेखि अवरुद्ध संसद बैठक सुचारु गर्न दलहरुबीच सहमति, के-के भयो सुन प्रकरणबारे सहमति ?

१० साउनदेखि अवरुद्ध संसद बैठक सुचारु गर्न दलहरुबीच सहमति, के-के भयो सुन प्रकरणबारे सहमति ?



काठमाडौं । संसदको गतिरोध अन्त्यका लागि दलहरुबीच सहमति भएको छ । बुधबार प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बसेको बैठकमा सहमति भएको हो । सहमति अनुसार असोज ५ मा आयोग गठन गरी सोही दिनदेखि छानबिन आयोगले काम थाल्ने भएको छ ।

सहमति पत्रमा कांग्रेस प्रमुख सचेतक रमेश लेखक, एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, जसपाका प्रमुख सचेतक प्रदीप यादव, राप्रपाका नेता ज्ञानबहादुर शाही, रास्वपाका सन्तोष परियार र जनमत पार्टीका अब्दुल खानको हस्ताक्षर रहेको छ ।

शिर्ष नेताहरुको उपस्थितिमा उनीहरुले दुई बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् । एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै १० साउनदेखि संसद बैठक अवरुद्ध गर्दै आएको थियो । दलहरुबीच सहमति भएपछि आज ३ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक संचालन हुने भएको छ ।

राष्ट्रिय मान्यताप्राप्त दलहरुबीच सुन तस्करीका विषयमा छानविन गर्न जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ । बुधबार बसेको बैठकमा सुन तस्करीको छानबिन गर्न आयोग गठन गर्ने दुई बुँदे सहमति भएको हो ।

योसँगै माओवादी नेता कृष्णबहादुर महराको नाम जोडिएको इलेक्ट्रिक चुरोमा सुन राखी अवैध पैठारी गरिएको घटनामा पनि छानबिन हुने भएको छ ।

सहमति पत्र

प्रतिक्रिया दिनुहोस्
MBL