Logo

धितोपत्र बोर्डमा निर्देशक सहित २८ कर्मचारी नियुक्त, अव प्रभावकारी होला अनुगमन ?

धितोपत्र बोर्डमा निर्देशक सहित २८ कर्मचारी नियुक्त, अव प्रभावकारी होला अनुगमन ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल धितोपत्र बार्डले २८ नयाँ कर्मचारी नियुक्ती गरेको छ । नयाँ कर्मचारी नियुक्तीसँगै बोर्डको काम कारवाहीलाई प्रभावकारी रुपमा अघि बढाइने बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले बताए । ‘बोर्डमा कर्मचारी नै नहुँदा बजार नियमन तथा अनुगमनलाई प्रभावकारी रुपमा अघि बढाउन सकिएको थिएन,’ उनले भने, ‘नयाँ कर्मचारी नियुक्तीसँगै आधार बनेको छ अव यसलाई कार्यान्वयनमा ल्याउने छौं ।’

बोर्डले केही समय अघि निर्देशक सहित २८ जना कर्मचारीको लागि दरखास्त माग गरेको थियो । जसअनुसार निर्देशक १, उपनिर्देशक ७, अधिकृत ११ तथा सहायकतह ९ जना कर्मचारी नियुक्ती गरेको छ ।

बोर्डले गतहप्ता मात्र नयाँ कर्मचारी नियुक्ती गरेको जानकारी दिएको छ । उक्त कर्मचारीलाई बोर्डको उद्देश्य, कामकर्तव्य, संस्थागत संरचना, कार्य पद्धति, पूँजीबजारको वर्तमान अवस्था र चुनौतिहरु, बजार नियमन तथा सुपरीवेक्षण, कानुनी संरचना सम्बन्धी तालिम समेत प्रदान गरेको छ । उनीहरुलाई पूँजीबजार व्यवस्थापनको आधारभूत सिद्धान्त र व्यवहारिक पक्ष बिषयक १ हप्ते तालिम दिइएको थियो ।

कार्यक्रममा बोर्ड अध्यक्ष डा.कार्कीले नेपालको धितोपत्र बजारको विकासको वर्तमान अवस्था र चुनौतीहरुको विषयमा जानकारी दिएका थिए । हालसम्म बोर्डले आफुसँग कर्मचारी नभएको भन्दै बजार अनुगमन गर्न नसकिएको बताउँदै आएको थियो । तर, नयाँ कर्मचारी नियुक्तीसँगै प्रभावकारी रुपमा बजार अनुगमन गरिने बोर्डको दावी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL