Logo

प्रतितोला १ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला १ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख १० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढ्दै प्रतितोला १४ सय २५ रुपैयाँ पुगेको छ । मंगलबार नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला १४ सय १५ रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्