काठमाडौँ । पर्यटन मन्त्री सुदन किराँतीलाई पितृ शोक परेको छ । किराँतीले आफ्ना पिताको निधन भएको जानकारी दिएका छन् । उनका पिता स्वास्थ्य समस्याका कारण उपचारत थिए ।
मन्त्री किराँतीले सामाजिक संजालमा लेखेका छन्-‘भखरै वुवाले धोका दिनुभयो १ आमाले त हामीलाई पहिला नै धोका दिएर जानुभो ! उप्रान्त वुवा आमा त रहनु भएन रह्र्यो त केवल खिचि छोडेको तस्विर आँखामा । पितृत्व र मातृत्व छाति भित्र । आज बाट हामी पूर्ण रुपमा टुहुरो भयौं तर कर्तव्य बाट टुहुरो बन्न मिल्दै मिल्दैन साह्रा नेपाली मेरो आमा बुवा हुन बाँकि जीवन उहाँहरुको सेवामा लगाउने छु । निशब्द छु तर भन्न बाध्य छु वुवा हार्दिक श्रध्दाञ्जलि !’