Logo

साइवर सुरक्षा रणनीति कार्यान्वयनको सही समय, नियामक र विज्ञवीच समन्वय नहुँदा समस्या

साइवर सुरक्षा रणनीति कार्यान्वयनको सही समय, नियामक र विज्ञवीच समन्वय नहुँदा समस्या


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । साइवर सेक्युरेटि सम्वन्धी रणनिती कार्यान्वयनका लागि अहिले सही समय भएको नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्वर झाले बताए । मंगलवार साइवर सेक्युरिटी स्ट्राटेजि तथा चाइल्ड अनलाइन प्रोटेक्सन बर्कसप कार्यक्रममा यस्तो बताएका हुन् । साथै साइवर सुरक्षा सम्वन्धी  काममा प्राधिकरणले चाँडै काम शुरु गर्ने योजना रहेको बताए ।

सो अवसरमा झाले नेपालमा इन्टरनेटप्रयोगकर्ता  बढी रहेको बेलामा उनीहरुलाई सुरक्षा दिनका लागि यस्तो रणनीति चाहिएको जानकारी दिए । साथै सो अवसरमा उनले आगामी २ बर्षभित्र इन्टरनेट प्रयोगकर्ता ४० देखि ५० प्रतिशतसम्म पुर्याउने उद्देश्य रहेको बताए । उनका अनुसार हाल इन्टरनेटको सक्रिय प्रयोगकर्ता १२ देखि १५ प्रतिशत मात्र छ ।कार्यक्रममा झाले प्राधिकरणले विभिन्न कार्यक्रम कार्यान्वयनको प्रक्रिया शुरु गरेको जानकारी ।

कार्यक्रममा आइटियुका एसिया क्षेत्रका सिनियर एडभाइजर समिर शर्माले नेपालमा साइवर सेक्युरिटी सम्वन्धि विभिन्न कार्यक्रमहरु भएकोमा खुशी व्यक्त गरे । साथै त्यस्ता कार्यक्रमको कार्यान्वयनका लागि यो समय उपयुक्त रहेको बताए । सो अवसरमा उनले पछिल्लो समय बालबालिकाहरु इन्टरनेटको पहुँचमा रहेकोले साइवर सुरक्षामा विशेष ध्यान दिनुपर्ने बताए । ‘ पछिल्लो समय बालवालिकालाई साइवर अपराधबाट बचाउनु ठूलो चुनौती भएको छ ’ उनले भने  ।.

तर इन्टरनेटबाट हुने हानि तथा त्यसको प्रयोग गर्दा अपनाउनु पर्ने सावधानिप्रति अविभावकले विशेष ध्यान दिनु आवश्यक रहेको उनले जानकारी दिए । इन्टरनेटमा बालबालिकालाई स्वतन्त्र  छोडिदादा त्यसको दुरुपयोग हुनसक्ने भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरेका हुन् । साथै यस्ता क्रियाकलापबाट बालकालिका साइवर अपराधमा फस्ने बताए ।

कार्यक्रममा आइटीयुका साइवर सेक्युरिटी विज्ञ मार्को गेर्केले साइवर सेक्युरिटक र यसका चुनौतीहरुका बारेमा जानकारी दिएका थिए । उनका अनुसार साइवर सम्वन्धित घटनासँग डिल गर्नसक्ने राष्ट्रिय तथा अन्तरराष्ट्रिय संस्था नहुँदा पनि समस्या छ । साथै उद्योगका विज्ञ,नियामक निकाय तथा रेगुलेटर्सहरुवीच एक आपसमा समन्वय नहुँदा समस्या परेको बताए ।

प्रतिक्रिया दिनुहोस्