Logo

नारायणगढ-मुग्लिन सडक खण्ड करिब १७ घण्टापछि सुचारु

नारायणगढ-मुग्लिन सडक खण्ड करिब १७ घण्टापछि सुचारु



काठमाडौं । नारायणगढ-मुग्लिन सडक खण्डमा गएराती आएको पहिरोले अवरुद्ध सडक खुलेको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार गएराती ८ बजेदेखि दुइतर्फी अवरुद्ध भएको सडक अहिले १२: ५५ बजेदेखि करिब १७ घण्टापछि खुलेको हो । अहिले सडक दुइतर्फ नै खुलेको डिभिजन कार्यालयले जनाएको छ ।

गएराती करिब ८ बजे नाम्सी पुल नजिक खसेको पहिरोका कारण सडक पुर्ण रूपमा अवरुद्ध भएको थियो । यो पहिरो अहिलेसम्मकै सबैभन्दा ठुलो भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्