Logo

‘अब अर्घाखाँची सवैलाई थाहा छ’ क्याम्पेन शुरु, ब्राण्ड एम्बेस्डरमा शुनिल थापा

‘अब अर्घाखाँची सवैलाई थाहा छ’ क्याम्पेन शुरु, ब्राण्ड एम्बेस्डरमा शुनिल थापा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अघाखाँची सिमेन्टले ‘अब अर्घाखाँची सिमेन्टको बारेमा सबैलाई थाहा छ, केहि बोल्नै पर्दैन’ भन्ने क्याम्पेन शुरु गरेको छ । अर्घाखाँचीले आफ्नो उत्पादन ओपीसी सिमेन्ट बजारमा ल्याएको झण्डै डेढ वर्ष पछि यो क्याम्पेन शुरु गरेको हो ।

उक्त क्याम्पेन प्रवद्र्धनका लागि कम्पनीले कलाकार शुनिल थापालाई ब्राण्ड एम्बेस्डर बनाएको छ । कम्पनीले अत्याधुनिक जर्मनी प्रविधि, अटोरोटो प्याकेजिङ सिस्टम, सहि तौल र गुणस्तरका साथै आफ्नै चुनढङ्गा खानी भएको कुरा जानकारी तथा क्लोज क्रिक्युट प्रविधि प्रयोग गरी वातावरण मैत्री उत्पादनगर्दै आएको कुरा जानकारी दिनका लागि सो क्याम्पेन शुरु गरेको हो ।

घर निर्माणको कूल खर्चमध्ये करिब १० प्रतिशत खर्च मात्रै सिमेन्टमा प्रयोग हुने गरेको र जसका लागि  गुणस्तरहिन सिमेन्ट प्रयोग नगरौं भन्ने उद्देश्यले चलाइएको जानकारी मुलक योजना ‘मूर्खतानगरौं, सहि सिमेन्ट नै रोजौं’ पश्चात ‘आर्घाखाँचीको बारेमा त सबैलाइ थाहा छ’ भन्ने क्याम्पेन को शुरुवात गरेको हो । सम्पूर्ण उपभोक्ता, ठेकेदार, ईन्जिनीयर तथा घरनिर्माणमा सहयोगीको भुमीकामा काम गर्ने सबैले अर्घाखाँची ओपीसी सिमेन्ट प्रयोग गरी ढुक्क भएकोले यसको बारेमा सबैलाई थाहा भएको कम्पनीको विश्वास छ ।

अर्घाखाँची ओपीसी सिमेन्ट, आफ्नो उत्पादन सुरु गरेको डेढ वर्षमा नै असिमित उचाइ छुन सफल भई सम्भवतः नेपालकै ठूलो ओपीसी सिमेन्ट उत्पादक हुनुका साथै उच्चस्तरीय क्लिङकर उत्पादन गर्ने उद्योग रहेको कम्पनीको दावी छ । छोटो अवधिमा नै अर्घाखाँची सिमेन्टले नेपाली उपभोक्ताहरुको मन जित्न सफल भएको र यसको गुणस्तरीय उत्पादनलाई सम्पूर्ण उपभोक्ताले विश्वास गरेको कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्