Logo

नव नियुक्त प्रधानन्यायाधीश श्रेष्ठको शपथ आज, शीतल निवासमा तयारी

नव नियुक्त प्रधानन्यायाधीश श्रेष्ठको शपथ आज, शीतल निवासमा तयारी



काठमाडौं । नव नियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज (मंगलबार) पद तथा गोपनीयताको शपथ लिँदै छन् । सोमबार प्रधानन्यायाधीशमा नियुक्त भएका श्रेष्ठले आज पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् ।

आज दिउँसो १ः४५ बजे श्रेष्ठले शपथ लिने कार्यक्रम रहेको राष्ट्रपति रामचन्द्र पौडेलको निजी सचिवालयले जानकारी दिएको छ । संवैधानिक परिषद्को सिफारिसमा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए । उनलाई संविधानको धारा १२९ को उपधारा (२) बमोजिम प्रधानन्यायाधीशमा नियुक्त गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL