Logo

नारायणगढ-मुग्लिन अपडेट: पहिरो हटाउने कार्य जारी, १२ बजेसम्म एकतर्फी खुल्न सक्ने

नारायणगढ-मुग्लिन अपडेट: पहिरो हटाउने कार्य जारी, १२ बजेसम्म एकतर्फी खुल्न सक्ने



काठमाडौं । नारायणगढ-मुग्लिन सडक खण्डमा गएराती आएको पहिरो हटाउने कार्य जारी रहेको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार १२ बजेसम्म एकतर्फी बाटो खुलाउन प्रयास भइरहेको छ ।

गएराती करिब ८ बजे नाम्सी पुल नजिक खसेको पहिरोका कारण सडक पुर्ण रूपमा अवरुद्ध भएको छ । यो पहिरो अहिलेसम्मकै सबैभन्दा ठुलो भएको बताइएको छ ।

पहिरो पन्छाउने क्रममा माथिबाट ढुंगा खसेर लोडरको अगाडि भागको सिसामा क्षति पुगेको सडक डिभिजन कार्यालयले जानकारी दिएको छ । साथै कार्यलयले सकेसम्म वैकल्पिक सडक प्रयोग गरेर यात्रा गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL