Logo

मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओ बाँडफाँट, पर्यो त तपाईलाई ?

मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओ बाँडफाँट, पर्यो त तपाईलाई ?



काठमाडौ मनकामना इन्जिनियरिङ हाइड्रोपावरको सर्वसाधारणलाई जारी गरिएकोआईपीओ बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत कुल २ लाख २७ हजार ६६२ जनाले सेयर हात पारेका छन् । यो आईपीओका लागि कुल १३ लाख १६ हजार ५२९ जनाले आवेदन दिएकामा ५ हजार ११ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक बीओके क्यापिटलले जनाएको छ ।

बाँकी १३ लाख ११ हजार ५१७ जना योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो । कम्पनीले साउन २८ गतेदेखि ३१ गतेसम्म सर्वसाधारणका लागि २२ लाख ७६ हजार ६२० कित्ता आईपीओ बिक्री खुला गरेको थियो ।

लगानीकर्ताले आईपीओ बाँडफाँटको नतिजा बिक्री प्रबन्धक बीओके क्यापिटल र मनकामना इन्जिनियरिङ हाइड्रोपावरको वेबसाइटबाट हेर्न सक्नेछन् । साथै, मेरो सेयर एप र सीडीएस एन्ड क्लियरिङले आइपीओ नतिजा हेर्न बनाएको वेबसाइट बाट पनि रिजल्ट थाहा पाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL