Logo

ललिता निवास प्रकरणमा सिआईबीमा पूर्वप्रम बाबुरामको बयान, भने-यो मुद्दा सुशासनको प्रत्याभूति गर्न प्रस्थानविन्दू बनोस्

ललिता निवास प्रकरणमा सिआईबीमा पूर्वप्रम बाबुरामको बयान, भने-यो मुद्दा सुशासनको प्रत्याभूति गर्न प्रस्थानविन्दू बनोस्



काठमाडौँ । समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा बयान दिएका छन् ।

डा. भट्टराईले सामाजिक सञ्जालमार्फत ललिता निवास प्रकरणमा आफ्नो नेतृत्वको मन्त्रिपरिषद्को निर्णय सम्बन्धमा उठेका प्रश्नहरूवारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबिलाई बयान दिएको बताएका हुन् । उनले सिआईबिलाई उठेका प्रश्नहरूवारे सत्यतथ्यको जानकारी दिएर आफ्नो कर्तव्य निर्वाह गरेको बताएका छन् ।

उनले भनेका छन्- ललिता निवास प्रकरणमा मेरो पालाको मन्त्रीपरषदको निर्णय सम्बन्धमा उठेका प्रश्नहरूवारे सत्यतथ्यको जानकारी मेरो शुरूदेखिको सार्वजनिक प्रतिबद्धता बमोजिम केन्द्रीय अनुसन्धान ब्यूरो ( सीआइबी ) लाई दिएर आफ्नो कर्तव्य निर्वाह गरेको छु ! यो मुद्दा सफल टुंगोमा पुगेर देशमा सबै तहका सबै प्रकारका भ्रष्टाचार तथा अनियमितता अन्त्य गर्न र सुशासनको प्रत्याभूति गर्न गराउन एउटा दरो प्रस्थानविन्दू बनोस् भन्ने कामना गर्दछु ।

प्रतिक्रिया दिनुहोस्
MBL