Logo

कोशी सरकार संकटमा, प्रदेश सभाको बैठक बोलाएर उपसभामुख काठमाडौँतर्फ

कोशी सरकार संकटमा, प्रदेश सभाको बैठक बोलाएर उपसभामुख काठमाडौँतर्फ



काठमाडौं । विश्वासको मत लिनुअघि आज (सोमबार) बिहान बस्नुपर्ने कोशी प्रदेशसभाको कार्य व्यवस्था परामर्श समितिको बैठक नै अनिश्चित भएको छ ।

मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिन आज का लागि आह्वान गरिएको प्रदेशसभाको बैठक छलेर कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवार काठमाडौँ उडेकी छन् । उपसभामुख सिर्जना दनुवार आजै संघीय राजधानी काठमाडौं लागेपछि बैठक बस्ने/नबस्ने अनिश्चित भएको छ ।

मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिन सूचना दर्ता गराएपछि उपसभामुख दनुवारले सोमबारलाई बैठक बोलाएकी थिइन् । तर, उपसभामुख दनुवार आफ्नो निजी सुरक्षाकर्मीसहित काठमाडौं उडेको विराटनगर विमानस्थल स्रोतले दिएको जानकारी दियो । उनी बिहान ७ बजे यति एयरलाइन्सको फ्लाइटबाट काठमाडौं उडेकी हुन् ।

उनले प्रदेशसभा सचिवालयलाई आफू आज बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएकी छन् । प्रदेशसभाको बैठक १ बजे डाकिएको छ । नेपाली कांग्रेस कोशीका प्रमुख सचेतक भुपेन्द्र राईले कार्यव्यवस्था बैठक बस्ने भनिएकाले आफू प्रदेससभा सचिवालयतर्फ जान लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL