Logo

७औँ जीईएफ सभामा भाग लिन अर्थमन्त्री महत क्यानडा प्रस्थान, विदेशी लगानीकर्ताहरुसँग पनि छलफल गर्ने

७औँ जीईएफ सभामा भाग लिन अर्थमन्त्री महत क्यानडा प्रस्थान, विदेशी लगानीकर्ताहरुसँग पनि छलफल गर्ने



काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महत नेपालको ५ सदस्यीय टोलीसहित क्यानडा प्रस्थान गरेका छन् । क्यानडामा आयोजना हुने ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) को ७औँ सभामा भाग अर्थमन्त्री महत आइबार साँझ ९ः३० मा क्यानडा प्रस्थान गरेका हुन् ।

अर्थमन्त्रीसँगै अर्थमन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख उत्तरकुमार खत्री र अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल पनि क्यानडा गएका छन् । यस्तै वन तथा बातावरण मन्त्रालयका उपसचिव ज्ञानेन्द्रकुमार मिश्र र अर्थमन्त्रालयकै उपसचिव तथा अर्थमन्त्रीका निजी सचिव युगराज पाण्डे पनि क्यानडा प्रस्थान गरेका छन् ।

अर्थमन्त्री डा.महत उक्त सभामा भाइस प्रेसिडेन्टका रुपमा सहभागिता जनाउँदै छन् । जीईएफ एसेम्बली प्रत्येक ४ वर्षमा आयोजना हुने गरेको छ। उक्त सम्मेलमा विश्वभरका १ सय ८५ देशको सहभागिता रहनेछ।

अर्थमन्त्री डा। महत करिब १ साता क्यानडामा रहने कार्यक्रम छ । क्यानडा बसाईको क्रममा अर्थमन्त्री महतले त्यहाँ रहेका गैर(आवसीय नेपाली र अन्य दातृनिकायहरुसँग भेटघाट गर्नेछन् । उनीहरुसँग नेपालमा लगानी भित्र्याउन विषयमा मन्त्री महतले छलफल गर्ने कार्यक्रम तय भएको छ ।

यस्तै अर्थमन्त्री महतले यसैक्रममा विदेशी लगानीकर्ताहरुसँग समेत नेपालमा लगानी भित्र्याउनका लागि साइड बैठक गर्ने कार्यक्रम तय भएको छ । उक्त सम्मेलनमा भाग लिएर अर्थमन्त्री महत भदौ ११ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL