Logo

भारतले प्याज निर्यातमा ४० प्रतिशत कर लिने, नेपालमा मूल्य महंगिने

भारतले प्याज निर्यातमा ४० प्रतिशत कर लिने, नेपालमा मूल्य महंगिने



काठमाडाैं । भारत सरकारले अब विदेशमा निर्यात हुने प्याजमा ४० प्रतिशत कर असुल्ने भएको छ । आफ्नो देशमा उत्पादनमा ह्रास आएसँगै देशभित्र मूल्यवृद्धि नियन्त्रण गर्न भारत सरकारले प्याजमा निर्यातकर लगाएको हो ।

यसअघि न्युन करमा निर्यात गरिरहेको भारतले शनिबार एक विज्ञप्ति जारी गर्दै कर बढाउने घोषणा गरेको हो । भारतको वित्त मन्त्रालयले उक्त विज्ञप्ति जारी गरेको हो ।

यससँगै अब भारतीय प्याज अन्य देशको तुलनामा महंगो हुने भएको छ । भारत विश्वमा धेरै प्याज निर्यात गर्ने मुलुकमध्ये प्रमुख मुलुक हो । यससँगै भारतनिर्भर केहि देशमा भने यसको असर पर्ने देखिएको छ । जसको असर नेपालमा पनि देखिने विज्ञहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्