Logo

गाविस सचिवलाई कार्यलयमा बसेर काम गर्न निर्देशन, गाविसमा नागरिक वडापत्र अनिवार्य

गाविस सचिवलाई कार्यलयमा बसेर काम गर्न निर्देशन, गाविसमा नागरिक वडापत्र अनिवार्य


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्थानीय विकास मन्त्रालयले गाविस सचिवहरुलाई अनिवार्य रुपमा गाउँ विकास समितिको कार्यालयमै बसेर काम गर्न निर्देशन दिएको छ । मन्त्रालयले सोमवार यस्तो निर्देशन दिएको हो ।

गाविसबाट नागरिकले पाउनुपर्ने सेवा सुविधा झन्झटिलो र ढिलासुस्ती भएको भन्दै स्थानीय विकास मन्त्रालयमा गुनासो बढेको थियो । यस्तै सतर्कता केन्द्रले गरेको अनुगमनले पनि सार्बजनिक निकायबाट प्रदान हुने सेवा प्रभावकारी नभएको देखाएको बताइएको छ । मन्त्रालयले गाविस सचिवहरुलाई त्यस्ता प्रवृत्ती सुधार्न निर्देशन दिँदै परिपत्र गरेको हो ।

यसैका आधारमा सोमबार स्थानीय विकास मन्त्रालयले गाविस सचिवहरुलाई त्यस्ता प्रवृत्ती सुधार्न निर्देशन दिँदै परिपत्र गरेको हो । यस्तै अनुगमनमा गाउँ विकास समितिले कानुन बमोजिम नागरिक वडापत्र राखेको नभेटिएकाले सबै गाविसमा नागरिक वडापत्र अनिवार्य राख्न पनि निर्देशन दिइएको छ ।

सतर्कता केन्द्रले सार्वजनिक निकायबाट प्रदान गरिने सेवाप्रवाह प्रभावकारी नभएको भन्दै स्थानीय विकास मन्त्रालयलाई सचेत गराएको थियो । केन्द्रले भ्रष्टाचार जन्य गतिविधि रोक्ने गरी काम गर्न पनि निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्