काठमाडौं । नेपाली जुत्ता घर प्रालिले स्क्र्याचमा मनी ,बम्परमा बाइक धनि उपहार योजना ल्याएको छ । कम्पनीले आगामी दशै तिहारलाई लक्षित गर्दै योजना सञ्चालन गरेको हो ।
सोमवारदेखि लागु सो योजना अन्तर्गत प्रथम हुने एक जनालाई मोटरसाइकल, द्धितिय हुने एक जनालाई ल्यापटप र तितृय हुने एक जनाले २१ इञ्चको इलइडी टिभी दिइने छ । त्यस्तै चौथो हुनेलाई २१ इन्चको मनिटर तथा सान्त्वना पुरस्कार स्वरुप १० जनालाई राइस कुकर प्रदान गर्ने बताइएको छ । यसैवीच जुत्ता घरले सोमवारदेखि समरसेल २०७३ शुरु गरेको छ ।
नेपाली जुत्ता घरको जमल,महाराजगञ्ज,कुमारी पार्टी, नमस्ते सुपरमार्केट,बुद्ध मलमा समर सेल लागु हुने छ । जसमा ग्राहकले जुत्ता खरिदमा ७० प्रतिशतसम्मको विशेष छुट र विशेष सहुलियत सहित जुत्ता चप्पल विक्री गरिने बताइएको छ । समरसेलमा पुराना स्टकका जुत्ता नभइ नयाँ जुत्ताहरु विक्रीमा राखिने बताइएको छ ।
मेलामा शिखर, कोसेली, स्काइ, विएफ डिएरहिललगायत १० ओटा व्राण्डका जुत्ता विक्री गरिने छ । समर सेल मेलामा करीव १ लाख देखी १ लाख ५० हजार अवलोकनकर्ता सहभागी हुने आयोजकको विश्वास छ ।
साथै ५० हजार जोरसम्मको जुत्ता चप्पल विक्री गर्ने कम्पनीको लक्ष्य छ । नेपाली जुत्ताघर २०६९ मा स्थापना भएको हो ।