Logo

काठमाडौंका ५० बढी ठाउँमा आज ६ घण्टा विजुली नआउने (सूचनासहित)

काठमाडौंका ५० बढी ठाउँमा आज ६ घण्टा विजुली नआउने (सूचनासहित)



काठमाडौं । काठमाडौं उपत्यकाका ५३ ठाउँमा आज (शनिबार) ६ घण्टासम्म विद्युत सेवा प्रभावित हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले जारी गरेको सूचनाअनुसार, सबस्टेसन मर्मतका क्रममा उपत्यकाका विभिन्न ८ फिडरबाट ५० भन्दा बढी स्थानमा विद्युत सेवा अवरुद्ध हुने भएको हो ।

प्राधिकरणका अनुसार सितापाइला फिडरमा बिहान १० देखि दिउँसो ३ बजेसम्म सेवा अवरुद्ध हुनेछ । यस्तै बाफल फिडर, बलम्बु फिडर, खड्का गाउँ फिडर, हसनटार फिडर, कालीमाटी फिडर, कलंकी फिडर र रापेवे फिडरमा विद्युत सेवा बिहान १० देखि दिउँसो ३ बजेसम्म अवरुद्ध हुने छ ।

यी फिडरबाट वितरण भएको विद्युतको लाइन काटेर काम गर्नुपर्ने भएकाले यी फिडरको सेवा क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने भएको हो । वैकल्पिक व्यवस्थाबाट विद्युत् आपूर्तिका लागि सबै फिडरमा नियमित विद्युत् आपूर्तिको प्रयास गरिने पनि प्राधिकरणले जनाएको छ । निर्धारित समयअघि नै काम सकिएमा लाइन पुनः सुरु गरिने प्राधिकरणको भनाइ छ ।


सूचना

प्रतिक्रिया दिनुहोस्
MBL