Logo

ब्याजदर वृद्धिमा अर्थमन्त्रीको असन्तुष्टी : सरकारी बैंकका सिईओलाई मन्त्रालय बोलाएर सोधे कारण

ब्याजदर वृद्धिमा अर्थमन्त्रीको असन्तुष्टी : सरकारी बैंकका सिईओलाई मन्त्रालय बोलाएर सोधे कारण



काठमाडौं । बैंकहरुले बढाएको मुद्धती निक्षेपको ब्याजदर प्रती अर्थमन्त्री डा. प्रकाशसरण महतले असन्तुष्टी देखाएका छन् । अर्थमन्त्री महतले ब्याजदर के कारण वृद्धि भएको भन्ने विषयमा सरकारी बैंकका कार्यकारी अधिकृतहरुलाई बोलाएर सोधखोज गरेको राष्ट्रिय वाणिज्य बैंकका कार्यकारी अधिकृत (सिईओ) किरणकुमार श्रेष्ठले बिजखबरलाई बताए ।

साउन ३२ गते २० वटा वाणिज्य बैंकले भदौको लागि मुद्धति निक्षेपमा नयाँ ब्याजदर सार्वजनिक गरेका थिए । भदौको लागि १२ वाणिज्य बैंकले ब्याजदर बढाएका थिए । ब्याजदर बढाउने १२ वाणिज्य मध्ये तीन सरकारी बैंकको पनि ब्याजदर बढेको थियो । भदौ महिनामा सरकारको स्वामित्वमा रहेको नेपाल बैंक लिमिटेडले सबैभन्दा बढी ब्याज बढाएको थियो । बैंकले साउन महिनाको तुलनामा भदौमा संस्थागत मुद्दती निक्षेप र व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १.९०६ प्रतिशत विन्दुले बढाएको छ ।

यसैगरी, राष्ट्रिय वाणिज्य बैंकले साउन महिनाको तुलनामा भदौको लागि १ प्रतिशत ब्याजदर बढाएको छ । कृषि विकास बैंकले साउन महिनाको तुलनामा भदौ महिनाको लागि १.३९ प्रतिसतसम्म ब्याज बढाएको छ ।

पुँजी कोष, कर्जा निक्षेप अनुपात (सीडी रेसियो) लगायतका सूचकहरु उच्चत्तम बिन्दुमा भएका बैंकहरुले ब्याजदर वृद्धि गरेको श्रेष्ठको बुझाई छ । ‘बिभिन्न कारण तरलता कम भएका बैंकले मात्र मुद्धति निक्षेपको ब्याजदर बढाएर निक्षेप आफ्नो बैंकमा तान्न खोज्दा यस्ता बैंकहरुको ब्याजदर केहि बढेको छ ।’ उनी भन्छन् ।

प्रतिक्रिया दिनुहोस्