Logo

आयोगद्धारा नयाँ विद्युत महशुल दर निर्धारण, साउनदेखि लागु

आयोगद्धारा नयाँ विद्युत महशुल दर निर्धारण, साउनदेखि लागु


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । विद्युत महशुल निर्धारण आयोगले साउनदेखि लागु हने गरी नयाँ विद्युत महशुल दर निर्धारण गरेको छ । आयोगले नेपाल विद्युत प्राधिकरणको बर्तमान स्थितिलाई मध्येनजर गर्दै सम्भव हुने अन्य विकल्पहरु समेतलाई समायोजन गरेर विद्युत उत्पादन,प्रशारण तथा वितरणको लागत समयअनुसार महशुल दरमा समायोजन गर्न लागेको बताएको छ ।

जसअनुसार साउनदेखि लागु हुने गरी नयाँ विद्युत महशुल दर निर्धारण गरिएको हो । हाल २०६९ देखि एउटा महशुल दर लागु छ ।

वर्तमान महशुल समायोजनसंगै दशकमा अगाडी देखि कायम रहेको प्रणालीको अन्त्य गरी बल्क प्रणालीको शुरुवात गरिएको छ । यस प्रणालीमा ग्राहकलाई विद्युतको खपत परिणाम वा बर्गको आधारमा कुनै एक सेवा दस्तुर र बल्ब बल्क अनुसार खपत विद्युतमा विद्युत शुल्क (इनर्जी शुल्क) लगाइने छ ।

जसअनुसार केही निश्चित मात्रामा विद्युत खपत गर्ने ग्राहकको पहिलो भन्दा सस्तोमा विद्युत पाउने छन् । त्यस्तै बढी खपत गर्ने ग्राहकको भने केही प्रतिशत विद्युत महशुल बढ्ने छ । भूकमप प्रभावित जिल्लाका पूर्ण क्षति भएका पीडितका कार्ड पाएका ग्राहकका लागि नयाँ दर लागु भएको मितिबाट २०७५ साल असारमसान्त सम्म सेवा शुल्क नराखी इनर्जी शुल्कको दर कायम गरिएको छ ।

विद्युत प्राधिकरणको संगठनात्मक कुशलताको अभिबृद्धि गरी विद्युतचुहावट घटाउन,खर्चमा मितव्ययिता अपनाउन,विद्युत महशुल वक्यौता,जिन्सी मौज्दात तथा वित्तीय व्यवस्थपनमा आवश्यक सुधार गर्न आयोगले निर्देशन दिएको छ । प्राधिरकको प्रणालीमा हुने विद्युत चोरीको कार्यलाई कडाईका साथ नियन्त्रण गर्न नेपाल सरकारको समेत सहयोग माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्