Logo

निजी आवास पुनर्निमाणका लागि १ लाख ९९ घरधुरीसँग सम्झौता, ९१ हजार गुनासो प्राप्त

निजी आवास पुनर्निमाणका लागि १ लाख ९९ घरधुरीसँग सम्झौता, ९१ हजार गुनासो प्राप्त


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भुकम्पबाट अति प्रभावित ११ जिल्लामा निजी आवास पुर्ननिर्माणका लागि १ लाख ९९ हजार घरधुरीसँग अनुदान सम्झौता भएको छ । असार १९ गतेसम्म सो वराबरको घरधुरीसँग सम्झौता भएको संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै हालसम्म ९१ हजार ३ सय ७६ ओटा गुनासो दर्ता भएका बताइएको छ । प्रथम चरणमा बैंक तथा वित्तीय संस्थाहरुको कार्यालयहरु भएको स्थानका १ सय ८७ गाविसका १ लाख ७१ हजार लाभग्राहीलाई समेट्न गरी तत्काल बैंकिङ सुविधा उपलब्ध गराउने सम्वन्धमा पूर्निनिर्माण प्राधिकण र क,ख र ग बर्गका बैंक तथा वित्तीय संस्थासँग सम्झौता भएको छ ।

सम्झौता अनुसार सम्वन्धित बैंकर्स एशोसियसनहरुबाट क्लस्टरिङ गरी नेपाल बैंकर्स एशोसियसनले पूनर्निमार्ण प्राधिकरणमा पेस गरेको सेवा प्रदायक बैंक तथा वित्तीय संस्था र अनुदान पाउने लाभग्राहीको प्रस्तावित विवरण केन्द्रीय आयोजना कार्यान्वयन इकाईमार्फत जिल्लाहरुमा पठाइसकेको बताइएको छ ।

यसबाट आगामी दिनमा सो अनुदान पाउन तीव्र प्रगती हुने विश्वास मन्त्रालयले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्