Logo

अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिको लागि सामाजिक सुरक्षा कोष शुरु

अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिको लागि सामाजिक सुरक्षा कोष शुरु



काठमाडौं । अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्न नयाँ कार्यक्रम सरकारले सुरु गरेको छ। बुधबार प्रज्ञा भवन कमलादीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ल्यापटपको स्वीच थिचेर औपचारिक घोषणा गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डलेसरकारको तर्फबाट अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई सामाजिक सुरक्षा कोषमा समेट्ने अभियान शुरु गरेको औपचारिक घोषणा गरे ।

अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई २०८० वैशाख १ गतेदेखि कोषमा समेट्ने गरी गत मंसिर २५ गते अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालन सम्बन्धी कार्यविधि मन्त्रालयबाट स्वीकृत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL