Logo

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौ । नेपाली बजारमा बुधबार सुनचाँदीको भाउ सामान्य घटेको छ । अघिल्लो दिन अर्थात् मंगलबार स्थिर रहेको सुनको मूल्य बुधबार प्रतितोला एक सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार सात सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। बुधबार चाँदी प्रतितोला १ हजार तीन सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भएको थियो । मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला ५ रुपैयाँ घटेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL