काठमाडौं । त्रिभुवन विमानस्थलबाट भन्सार पास भई बाहिरिँदै गरेको सुन गालेर सकिएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले हिजो ब्रेक शुबाट निकालेको सुनलाई आज गालेको हो ।
ब्रेकशुसहित यसको तौल १ सय ५५ किलो थियो । टक्सार महाशाखाले सोबार मात्रै उक्त १ सय ५छ किलो भनिएको सुनबाट ब्रेक सु र बाक्सा निकाल्दा सुनमात्रै ६० किलो ७८९ ग्राम भएको थियो ।
आज पुनः सुनलाई गालेर जोख्दा यसको कुल तौल ६० किलो ७१६ ग्राम भएको हो । सुन गाल्दा आज यसबाट ७३ ग्राम जर्ती ह्रास भएको हो ।