Logo

अव एकै दिनमा पासपोर्ट हातमा, घरबाटै फारम भर्न सकिने

अव एकै दिनमा पासपोर्ट हातमा, घरबाटै फारम भर्न सकिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । राहदानी विभागले अव एक दिनमै राहदानी उपलब्ध गराउने भएको छ । आइतवारदेखि फारम भरेको एक दिनमै पासपोर्ट उपलब्ध गराउने व्यवस्था शुरु गरेको हो । विभागका अनुसार ग्राहकले १५ हजार रुपैयाँ तिरेपछि १ दिनमा पासपोर्ट लिन सकिन्छ ।

सो सेवाको परराष्ट्रमन्त्रि कमल थापाले शुरुवात गरे । सो अवसरमा उनले चन्द्रकली बुढाथोकीलाई पासपोर्ट हस्तान्तरण गरे । बुढाथोकीको पासपोर्ट आधा घण्टा भित्र तयार भएको थियो ।

त्यस्तै आइतवारदेखि नै विभागले ‘प्रिइनरोलमेन्ट सिस्टम’को पनि शुरुवात गरेको छ । जसअनुसार सेवाग्राहीले आफु वसेको ठाउँबाट पासपोर्टको फारम भर्न सक्नेछन् । डब्लुडब्लुडब्लु डट नेपाल पासपोर्ट डट जिओभी डट एनपीमा गएर फारम भर्न सकिने छ ।

ग्राहकले अनलाइनबाट फारम भरेपछि फोटो खिच्न राहदानी विभागमा आउनुपर्ने छ । विभागका अनुसार सेवाग्राहीले भरेको फारम २१ दिनसम्म सुरक्षित राखिने छ । त्यस्तै फरम भरेपछि आउने बारकोड टिपेर वा प्रिन्ट गरेर ल्याउनुपर्छ ।

passportत्यसैगरी सो वार कोर्डबाट फारम भेरिफाइ गरेर मात्र पासपोर्टको प्रक्रिया अघि बढाइने बताइएको छ । त्यस्तै नेपालीह रहेका विश्वका ७ स्थानमा पनि यो सेवा दिने बताएको छ । न्यूयोर्क, कतार,हङकङ,वासिङटन डिसी, लन्डन,मलेसिया, कुवेत,अबुधावी,युके र जेद्धाहमा यो सेवा उपलब्ध गराइने छ । जसअनुसार सम्वन्धि राष्ट्रको नेपाली राजदुतावासमा गएर पासपोर्ट बनाउन सकिन्छ ।

कार्यक्रममा मन्त्री थापाले सेवाग्राहीलाई चाँडै सेवा दिने उद्देश्यका साथ सेवा शुरु गरेको जानकारी दिए । साथै यो सेवालाई क्रमिक रुपमा सवै जिल्लामा पुर्याउने योजना रहेको बताए । त्यस्तै न्यूनतम रकम तिर्नेले पनि चाँडै पासपोर्ट उपलब्ध गराउने उद्देश्य अनुसार छिटो पासपोर्ट तयार गर्न लागेको बताइएको छ ।

थापाका अनुसार जिल्लबाट फारम भर्ने व्यक्तिले जरुरी भएको अवस्थामा सम्वन्धित कार्यलयबाट फारम भरि काठमाडौं आएर अवस्थामा २४ घण्टा भित्र पासपोर्ट लिन सक्नेछन् ।

राहदानी विभागका महानिर्देश्क लोकबहादुर थापाका अनुसार १२ हजार तिरेर अव २ दिनभित्र पासपोर्ट लिन सकिने छ । त्यस्तै १० हजार तिर्दा ३ दिनभित्र पासपोर्ट तयार हुने छ ।

प्रतिक्रिया दिनुहोस्