Logo

एक क्विन्टल भनिएको ब्रेक सुकाे सुनकाे वास्तविक परिमाण ६० किलो ७८९ ग्राम

एक क्विन्टल भनिएको ब्रेक सुकाे सुनकाे वास्तविक परिमाण ६० किलो ७८९ ग्राम



काठमाडों । त्रिभुवन विमानस्थलबाट राजस्व पास भएर बाहिरिँदै गर्दा बरामद गरिएको सुनको तौल ६० किलो ७८९ ग्राम मात्रै पुगेको छ । राजश्व अनुसन्धान विभागले बरामद गरेको उक्त सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा गलाएर जोख्दा उक्त परिमाणबराबर भएको पाईएको हो ।

सोमबार टक्सार महाशाखामा नेपाल प्रहरीको सीआइबी, राजश्व अनुसन्धान विभाग र टक्सार महाशाखासहितका प्रतिनिधि बसेर ब्रेक शुमा ल्याएको सुन पगालेर तौल यकिन गरिएको हो।

सुन प्रकरणको अनुसन्धान राजश्व अनुसन्धान विभागले थप छानबिनको लागि सीआईबीलाई जिम्मा लगाएको थियो। अहिले सीआईबीले यो प्रकरणको अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्