काठमाडौं । श्रम मन्त्री दिपक बोहोराले मलेशियाबाट १० जना नेपाली कामदारको उद्धार गरेका छन् । मलेशियमा जेल जिवन काटेर हाल सेल्टरमा वसिरहेका नेपाली कामदारलाई हवाई टिकट दिएर नेपाल फिर्ता गरेका हुन् ।
भ्रमणको क्रममा रहेका मन्त्री बोहोराले लामो समयदेखि मलेशियाको सेलेङगारमा सिमोनिया डिटेन्सन क्याम्पमा आश्रय लिएर वसेका कामदारको उद्धार गरी नेपाल पठाएका हुन् ।
मन्त्री बोहोराले उद्धार गरिएका कामदारलाई नेपाल एयर लाइन्स र मालिन्दो एयरबाट नेपाल पठाएका मलेशियास्थित नेपाली दूतावासले जानकारी दिएको छ । साथै जेल जिवन यापन गरी विभिन्न क्याम्पमा आश्रय लिएर बसेका अन्य कामदारलाई पनि सरकारले टिकट खर्च दिएर स्वदेश फिर्ता गरिने मन्त्री बोहोराले बताए ।
उद्धार गरिएका कामदारको सूची