काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वेब साइट ह्याक भएको छ । अख्तियारको आयोग ट्युनिसियन ह्याकर समूहले साइट ह्याक गरेको जानकारीदिएको छ । साइटमा ह्याक्ड बाइ ल्याटिनो सबेर एण्ड वारियर लेखेको छ ।
अख्तियार साइटमा इस्लाम इ ज द वन्ली रिजिलन लेखिएको छ । त्यस्तै ह्याकरको समूहले साइटमा ’बुद्धिस्ट आतंक बन्द गर’ भनेर लेखेको छ ।
साथै साइटको अग्रपृष्ठमा मारिएका, जलेका र काटिएका विभत्स शवहलगायत तस्विर समेत राखिएको छ । यसअघि पटक पटक सरकारी निकायका वेबसाइट ह्याक हुने गरेका छन् ।