Logo

बैंकिङ पत्रकारिता पुरस्कार कान्तिपुरकर्मी न्यौपानेलाई, कोइराला लिखित पुस्तक उत्कृष्ट

बैंकिङ पत्रकारिता पुरस्कार कान्तिपुरकर्मी न्यौपानेलाई, कोइराला लिखित पुस्तक उत्कृष्ट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । यस बर्षको सामना बैंकिङ पुरस्कार प्रा डा परासर कोइरालाद्धारा लिखित इसेन्सियल्स अफ कर्मसियल बैंक म्यानेजमेन्ट नामक पुस्तकलाई दिने घोषणा गरिएको छ । सामना बैंकिङ्ग पुरस्कार गुठीको एघारौं साधारण सभाले ५० हजारको चौथो सामाना बैंकिङ पुरस्कार सो पुस्तकले पाएको हो ।

सो अवसरमा २०७२ का संस्थापक तथा अध्यक्ष डा. रेवतवहादुर कार्की र गुठीका आजीवन सदस्य एवं योजना आयोगका पूर्व उपाध्याक्ष डा.शंकर शर्मा उपस्थित थिए ।
पुरस्कारको लागि गुठीका आजीवन सदस्य प्रा.डा. विश्वम्भर प्याकुरेलको संयोजकत्वको विज्ञ मूल्यांकन समिति(सदस्यहरु–प्रा.डा. मदनदाहाल र श्री कृष्ण प्रधान)ले सिफारिश गरेको थियो ।

यस गुठीले यो भन्दा अघि पाँच वटा पुस्तकलाई पुरस्कारहरु दिइसकेको छ । २०७० सालमा रु. ५० हजारको तेश्रो सामना बैंकिङ पुरस्कार भोलाराम श्रेष्ठद्वारा लिखित ‘नेपालमा वित्तीय प्रणाली एक पर्यावलोन’ र देवेन्द्रवाहदुर राउतद्धारा लिखित ’ माइक्रो फाइनान्स स्टाटेजि च्यालेन्ज एड्याप्सन इन नेपाल नामक पुस्तकलाई संयुक्त रुपमा प्रदान गरिएको थियो ।

त्यस्तै पत्रकारिताको माध्यमवाट वैकिंग÷वित्तीय क्षेत्रमा योगदान गरे वापत २०७२ सालमा दिइने रु.१५ हजारको दोश्रो सामना बैंकिङ पत्रकारिता पुरस्कार कान्तिपुर टेलिभिजनका पत्रकार हिमाल न्यौपानेलाई दिने निर्णय गरेको छ ।

सो पुरस्कारको लागि नेपाल आर्थिक पत्रकार समाज (सेजन)का प्रतिनिधि तथा वरिष्ठ वैकिंग\आर्थिक पत्रकारसहितको गुठीको यससम्वन्धी समितिकोे सिफारिशमा उक्त निर्णय गरिएको थियो । २०७० मा यस्तो पहिलो पत्रकारिता पुरस्कार कारोवार राष्टिय आर्थिक दैनिकका पत्रकार लोकवहादुर चपागाईलाई प्रदान गरेको थियो ।

साथै गुठीले अव आइन्दा बैंकिङ पुरस्कार रु ५० हजारवाट रु.७५ हजार, पत्रकारिता पुरस्कार रु.१५ हजारवाट २५ हजार दिने समेत निर्णय गरेको छ । अर्थविद डा.रेवतवहादुर कार्कीद्वारा अक्षयकोष राखी २०६२ सालमा नेपालको वैकिंङ वित्तीय क्षेत्रमा उच्चकोटीका ग्रन्थहरुको लेखन तथा प्रकाशनलाई प्रोत्साहन गरी यस क्षेत्रको विकासमा योगदान गर्ने मुख्य उद्देश्यले स्थापित यस गुठीको हाल रु२७लाख अक्षयकोष रहेको छ ।

प्रतिक्रिया दिनुहोस्