Logo

नारायणगढ मुग्लिन सडक सुचारु, सडकका ४ ओटा पहिरो हटाइयो

नारायणगढ मुग्लिन सडक सुचारु, सडकका ४ ओटा पहिरो हटाइयो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पहिरोले बन्द भएको नारायणगढ-मुग्लिन सडक शुक्रबार दिनभर अवरूद्ध भएपछि पछि शूक्रबार रातिबाट सञ्चालनमा आएको छ । मुग्लिन सडकमा खसेको ४ वटा पहिरो पन्छाए पछि गत रातीबाट सवारी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

प्रहरी कार्यालयका अनुसार नारायणगढ-मुग्लिन सडकखण्डको ४ किलो, पाँच किलो, ९ किलो र घुमाउने भन्ने स्थानमा खसेको पहिरो पन्छाएपछि सडक खुलेको हो ।

बाटो बिस्तार र पानी परेसँगै आएको पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड अस्तव्यस्त बनेको छ ।

प्रतिक्रिया दिनुहोस्