Logo

सिँचाई विभागबाट ४५ निर्माण व्यवसायी प्रहरीको नियन्त्रणमा, सडक विभागमा तालावन्दीसहित आन्दोलन जारी

सिँचाई विभागबाट ४५ निर्माण व्यवसायी प्रहरीको नियन्त्रणमा, सडक विभागमा तालावन्दीसहित आन्दोलन जारी



काठमाडौं । आफ्ना मागहरु राख्दै सडक विभाग र सिँचाई विभागमा तालाबन्दी गर्न पुगेका ४५ जना निर्माण व्यवसायीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । निर्माण व्यवसायीको बाँकी रकम भुक्तानी गर्नुपर्ने, निर्माण व्यवसायी मैत्री वातावरण लागू हुनुपर्ने, आयोजनाको एकमुष्ट म्याद थप हुनपर्नेलगायतका माग राख्दै सिंचाई विभाग पुगेका ४५ बढी निर्माण व्यवसायी प्रहरीको नियन्त्रणमा परेका हुन् ।

उनिहरुलाई हाल जावलाखेल प्रहरी कार्यालयमा राखिएको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले जानकारी ‘हामीले एक बजेसम्म सडक विभाग र सिंचाई विभागमा धर्ना दिने कार्यक्रमको योजना बनाएका थियौं,’ उनले भने, ‘सिँचाई विभागका केहि साथिहरुलाई प्रहरीले धरपकडसहित नियन्त्रणमा लिएको जानकारी आएकाे छ ।’

अध्यक्ष सिंहसहित २ सय जना निर्माण व्यवसायीकाे टोली भने भारी बर्षाकै बीच सडक विभागमा तालावन्दीसहित धर्नामा छ । ‘हामी करिव २ सय जनाको टोली सडक विभागका सबै ढोकामा तालाबन्दी गरी नारावाजीसहित धर्ना दिईरहेका छौं,’ उनले भने, ‘यहाँ पनि प्रहरीले हामीलाई घेरा हालेको छ हामी प्रहरीको घेराभित्र धर्ना बसिरहेका छौं ।’

खासगरी निर्माण व्यवसायीहरु सरकारले व्यवसायीलाई निरुत्साहन गर्नेगरी नीति ल्याएकाले यी नीतिहरु परिवर्तन गरिनुपर्ने भन्दै पछिल्लो २ महिनादेखि रुष्ट छन् । सोही अनुसार उनिहरुले चरणवद्ध आन्दोलनको घोषणा गरेका थिए । सोही घोषणाअनुरुप नै आज सिंचाई विभाग र सडक विभागमा तालावन्दी गर्ने तालिका थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL