Logo

अघिल्लो बर्षभन्दा ३.८३ प्रतिशतले बढ्यो नेपाल लाइफको बीमाशुल्क, एक बर्षमै संकलन गर्यो ३६ अर्ब ६२ करोड

अघिल्लो बर्षभन्दा ३.८३ प्रतिशतले बढ्यो नेपाल लाइफको बीमाशुल्क, एक बर्षमै संकलन गर्यो ३६ अर्ब ६२ करोड



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक बर्ष २०७९/८०मा बीमाशुल्क ३.८३ प्रतिशतले बढाएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै अघिल्लो आवको तुलनामा गत आवमा बीमाशुल्क बढेको बताएको हो ।
कम्पनीको वित्तीय विवरण अनुसार गत आवमा खुद बीमा शुल्क ३६ अर्ब ६२ करोड रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो बर्षको सोही अवधिमा ३४ अर्ब ९८ करोड रुपैयाँ मात्रै थियो ।

यस अवधिमा कम्पनीको लगानी, कर्जा तथा अन्यबाट हुने आय बढेर ११ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आय ८ अर्ब ९४ करोड रुपैयाँ थियो ।

चौथो त्रैमाससम्म कम्पनीले पुनर्बीमा कमिसन आय १० करोड ५५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म यस्तो आय ९ करोड १८ लाख रुपैयाँ थियो।

कम्पनीले गत आवसम्म १५ अर्ब ४३ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ८.९४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १४ अर्ब १६ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो।

समीक्षा अवधिसम्म कम्पनीको व्यवस्थापन खर्च थोरै बढेर २ अर्ब २६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको व्यवस्थापन खर्च २ खर्ब १८ करोड रुपैयाँ थियो।

समीक्षा अवधिसम्म कम्पनीको जीवन बीमा कोषको आकार १९.७६ प्रतिशतले बढेर १ खर्ब ६३ अर्ब रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष यस्तो कोषमा १ खर्ब ३६ अर्ब रुपैयाँ थियो। कम्पनीको रिजर्भको आकार १२५.३१ प्रतिशतले बढेर ६४ करोड ९२ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म रिजर्भमा २८ करोड ८३ लाख रुपैयाँ थियो।

चौथो त्रैमाससम्म कम्पनीले ६७ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले ३५ करोड २७ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।

समीक्षा अवधिसम्म कुल कायम रहेको बीमालेखको संख्या ११ लाख ५ हजार ३६५ पुगेको छ। अघिल्लो वर्ष यो संख्या १४ लाख २१ हजार ८९७ रहेको थियो।

चुक्तापुँजी ८ अर्ब २० करोड रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ८.२२ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ४.३० रुपैयाँले ऋणात्मक थियो। पीई रेसियो ९०.५५ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ११८.८४ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL