Logo

आज मन्त्रिपरिषद हेरफेर गर्दै प्रधानमन्त्री प्रचण्ड : यी मन्त्री सरकारबाट बाहिरिने, को–को बन्ने भए नयाँ मन्त्री ?

आज मन्त्रिपरिषद हेरफेर गर्दै प्रधानमन्त्री प्रचण्ड : यी मन्त्री सरकारबाट बाहिरिने, को–को बन्ने भए नयाँ मन्त्री ?



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन् । माओवादी केन्द्रका एक जना मन्त्री हटाएर सीके राउत नेतृत्वको जनमत पार्टीकी अनिता देवीलाई प्रधानमन्त्रीले सरकारमा सहभागी गराउन लागेका हुन् ।

२५ सदस्यीय मन्त्रिपरिषदमा जनमत सहभागी हुन एक जना मन्त्री हट्नै पर्नै हुन्छ । प्रधानमन्त्रीले आफ्नै पार्टीका एक मन्त्रीलाई हटाउने तयारी अगाडि बढाएका छन् । ‘आज मन्त्रिपरिषद् हेरफेरको तयारी छ । प्रधानमन्त्रीले जनमत पार्टीलाई सरकारमा ल्याउँदै हुनुहुन्छ,’ प्रधानमन्त्री निकट एक नेताले भने, ‘माओवादीका को मन्त्री हट्छन् अध्यक्षज्यूले भनिसक्नु भएको छैन । उहाँको मनमै छ ।’

माओबादीबाट मन्त्री बनेका पर्यटनमन्त्री सुदन किरँती र संघीय तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका अमनलाल मोदी सरकारबाट बाहिरिने तय भएको बताइएको छ । जसमध्ये एक मन्त्रालयको जिम्मेवारी जनमतकी अनिता देवी लाई अर्को मन्त्रालयको जिम्मेवारी माओबादीकै एक नेताले पाउने चर्चा छ ।

जनमतले यसअघि नै अनिता देवीलाई मन्त्री सिफारिस गरिसकेको छ । जनमत यसअघि संघीय सरकारमा सहभागी भएको थियो । तर, मन्त्रालय भागबण्डामा असन्तुष्ट रहेको उसले चैत १७ गते राजीनामा दिएर संघ सरकारबाट फिर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL