Logo

हवाई इन्धनको मूल्य घट्यो, आन्तरिकतर्फको हवाई भाडा पनि घट्ने

हवाई इन्धनको मूल्य घट्यो, आन्तरिकतर्फको हवाई भाडा पनि घट्ने


बिजखबर संवाददाता
0
Shares

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको शुक्रवार वसेको वेठकले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै हवाई इन्धनको मूख्य घटाएको हो ।

निगमले शनिवारदेखि लागु हुने गरी अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १ सय डलर र आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँका दरले इन्धनको मूल्य घटाएको निगमका प्रवक्त मुकुन्द घिमिरेले जानकारी दिए । मूल्य घटेसँगै अब अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ८ सय ८१ डलर र आन्तरिक उडानका लागि इन्धनको मूल्य ९९ रुपैयाँ प्रतिलिटर कायम भएको उनले बताए ।

हवाई इन्धन बाहेक अन्य इन्नधनको मूल्य भने स्थिर रहेको निगमले जनाएको छ । पेट्रोल, डिजेल, ग्यास तथा मट्टितेलको मूल्य भने यथावत राखेको उनले बताए । अन्तर्राष्ट्रिय बजारअनुसार मूल्य समायोजन गर्न निगमले  हवाई  इन्धनको भाउ घटाएको उनको भनाई छ ।

आन्तरिकतर्फको हवाई भाडा  घट्ने

हवाई इन्धनको मूलय घटेपछि आन्तरिकतर्फको हवाई भाडा समेत घट्ने भएको छ । वायुसेवा सञ्चालक संघ नेपाल (आयोन)ले इन्धन मूल्य घटेसँगै आन्तरिक हवाई भाडा घटाउने भएको हो । आयोनले घटेको इन्धनमूल्यलाई आधार मानेर वैज्ञानिकरुपमा भाडादर निर्धार गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्