Logo

सुन तस्करीका आरोपित रोहन अडुकिया पक्राउ, राजस्व अनुसन्धान विभागको जिम्मा लगाईयो

सुन तस्करीका आरोपित रोहन अडुकिया पक्राउ, राजस्व अनुसन्धान विभागको जिम्मा लगाईयो



काठमाडौं । व्यापारी रोहन अडुकिया पक्राउ परेका छन् । यसरी पक सुन तस्करी प्रकरणमा नाम मुछिएका उनलाई नेपाल प्रहरीले भारतबाट आउँदै गरेको अवस्थामा त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको हो ।

केहिदिन अघि भन्सार अनुसन्धान विभागले त्रिभुवन विमानस्थलबाट १ सय किलो बढी सुन बरामद गरेको थियो । जसमा राकेश अडुकियाको नाम पनि मुछिएको थियो । त्रिभुवन विमानस्थलबाट पक्राउ परेका रोहन अडुकिया राकेश अडुकियाका छोरा हुन् ।

नेपाल प्रहरीले उनलाई पक्राउ गरेर राजश्व अनुसन्धान विभागलाई जिम्मा लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्