Logo

प्रतितोला २ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि गिरावट

प्रतितोला २ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि गिरावट



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि ओरालो लागेको छ । बिहीबार प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भईरहेको चाँदी आज घट्दै प्रतितोला १३ सय ७५ रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्