Logo

बर्षातसँगै मुग्लिन–नारायणघाट सडकखण्डमा पहिरो, पेट्रोलियम ढुवानीमा समस्या

बर्षातसँगै मुग्लिन–नारायणघाट सडकखण्डमा पहिरो, पेट्रोलियम ढुवानीमा समस्या


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अबिरल बर्षातका कारण मुग्लिन–नारायणघाट सडकखण्डमा पहिरो जान थालेसँगै ढुवानीमा समस्या पर्ने देखिएको छ । पहिरोका कारण विशेषगरी पेट्रोलियम ढुवानीमा समस्या पर्ने देखिएको छ । मुग्लिन सडकखण्डको ४ किलो भन्ने स्थनमा पहिरो थान थालेको हो ।

हाल नेपाल आयल निगमसँग केही समयका लागि पेट्रोलियम स्टकमा रहेको र उक्त सडकखण्ड ४/५ दिन अवरुद्ध भएमा पेट्रोलियम विक्री वितरणमै समस्या पर्ने निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताए । ‘हाल निगमसँग केही समयका लागि आवश्यक पेट्रोलियम मात्र स्टकमा छ,’ उनले भने, ‘यदि मुग्लिन सडकखण्डमा लामो समय अवरुद्ध हुने हो भने विक्री वितरणमा समस्या पर्ने छ ।’

गतहप्ता पनि पहिरोका कारण ढुवानीमा समस्या हुँदा निगमले बजारमा मागभन्दा कम परिमाणमा पेट्रोलियम पदार्थ पठाएको थियो । जसले गर्दा केही पेट्रोल पम्पले पेट्रोलियम पदार्थ विक्री समेत गर्न पाएका थिएनन् । गत हप्ता ढुवानीमा समस्या आएकोले नै बजारमा कम पेट्रोलियम पठाइएको घिमिरले जानकारी दिए ।

मुग्लिन नारायणघाट सडकखण्ड निर्माणको क्रममा रहेकाले अहिले पनि विहान ११ बजेदेखि ४ घण्टाका लागि बन्द हुँदै आएको छ । राजधानीमा पेट्रोलियम पदार्थ भित्रने एकमात्र सडक पहिरोका कारण अवरुद्ध हुँदा ढुवानीमा ठूलो समस्या पर्ने छ ।

हाल उक्त पहिरो हटाउनका लागि २ वटा डोजर परिचालन गरिएको छ । साथै सो स्थानमा दुईतर्फी बाटो खुलाउनका लागि २४ सै घण्टा ट्राफिक प्रहरीको समेत व्यवस्था गरिएको छ । उक्त स्थानबाट सहजरुपमा आवतजावतको व्यवस्था गर्न स्थायी प्रहरी बिटको समेत राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL