Logo

काठमाडौंबाट भैरहवाका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या, बीचबाटै काठमाडौँ फर्काइयो

काठमाडौंबाट भैरहवाका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या, बीचबाटै काठमाडौँ फर्काइयो



काठमाडौँ । बुद्ध एयरको जहाजमा समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काइएको छ ।

विहिवार काठमाडौंबाट भैरहवाका लागि उडेको बुद्ध एयरको ८५७ जहाजमा प्राविधिक समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काइएको बुद्ध एयरले जनाएको छ ।

बुद्ध एयरले भनेको छ ‘काठमाडौंबाट भैरहवा उडान ८५७ मा प्राविधिक समस्या देखिएपछि जहाजलाई काठमाडौं विमानस्थलमा अवतरण गराईएको छ । यात्रुलाई अर्को जहाजबाट भैरहवा पठाउन लागिएको छ । सो जहाज 9N-ANP लाई हाम्रा टेक्निकल टिमले चेकजाँच गरिरहेका छन् ।’

प्रतिक्रिया दिनुहोस्
MBL