Logo

विद्युत प्राधिकरणको आम्दानी बढ्दा पनि नाफा घट्यो : आम्दानी १ खर्ब १८ अर्ब, नाफा १२ अर्ब ३३ करोड

विद्युत प्राधिकरणको आम्दानी बढ्दा पनि नाफा घट्यो : आम्दानी १ खर्ब १८ अर्ब, नाफा १२ अर्ब ३३ करोड



काठमाडौं । नेपाल विद्युत प्राधिकरणको आम्दानी १ खर्ब १८ अर्ब पुगेको छ । २ वर्ष अघि ८१ अर्ब रहेको प्राधिकरणको कुल आम्दानी गत आवमा बढेर १ खर्ब १८ अर्ब पुगेको हो । नेपाल विद्युत प्राधिकरणले बिहीबार पत्रकार सम्मेलन गरि प्राधिकरणको आयव्यय सार्वजनिक गरेको हो ।

२ वर्षअघि ६ अर्ब १० करोड भएको विद्युत प्राधिकरणको नाफा अघिल्लो आवमा १३ अर्ब ३७ करोड र गत आवमा १२ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । प्राधिकरणको आम्दानी बढेपनि गत आवमा नाफा भनेको घटेको छ । गत वर्ष हिउँ नपरेका कारण प्राधिकरणले भारत निर्यात गर्ने विद्युत घटेको र आयात बढ्दा नाफा घटेको हो।

प्रतिक्रिया दिनुहोस्
MBL