Logo

हाइलाइफको लक्की ड्र बम्पर उपहार योजना सार्वजनिक, २१ जनाले पाए चिउरादेखि पल्सर वाइकसम्म

हाइलाइफको लक्की ड्र बम्पर उपहार योजना सार्वजनिक, २१ जनाले पाए चिउरादेखि पल्सर वाइकसम्म



काठमाडौं । हाइलाइफ एग्रो एण्ड फुड इन्डष्ट्रिज लिमिटेडको उत्पादन कुरुम कुरुम चिउराको खरिदमा धेरै रिटेलर (खुद्रा) व्यवसायीहरुले उपहार जितेका छन् । कम्पनीले हाइलाइफ चिउरा बिक्री वितरण गर्दै आएका खुद्रा व्यवसायीलाई लक्षित गरी उपहार योजना सार्वजनिक गरेको थियो । शनिबार काठमाडौंमा आयोजित लक्की ड्र कार्यक्रमबाट उक्त उपहारका बिजेताहरु छनोेट भएका हुन् ।

हाइलाइफ चिउरा खरिदबाट २ जना खुद्रा व्यवसायीले पल्सर १५० सिसीको बाइक उपहार जितेका छन् । बाइक बिजेताहरुमा लक्की नम्बर २१९९९२ र १४०७३८ रहेका छन् । त्यस्तै २ जनाले स्कुटर उपहार जितेका छन् । स्कुटर जित्नेहरुमा कुपन नंं २६५१८५ र २१०३३४ का व्यवसायी छन् ।

तेस्रो भाग्यशाली बिजेतामा कुपन नं. १५१२२५ र २६७५३३ रहेको छ । उनीहरुले एलजी एसी उपहार जित्न सफल भएका छन् । चौथो उपहार जित्ने कुपन नं. मा १७३३८१ र १०४०८८ रहेका छन् । उनीहरुले २५३ लिटरको सामसुङ फ्रिज उपहार जित्न सफल भए ।

त्यसैगरी हाइलाइफ चिउरा खरिदमा भाग्यमानी बनेर ३ जनाले लेनेभो ल्यापटप उपहार जितेका छन् । ल्यापटप बिजेतामा कुपन नंं १४६३१५, १२४२४४ र १०५२१४ रहेका छन् । सान्त्वना पुरस्कार बिजेता कुपन नं.मा ११५३७८, १२७२४०, १८२७६२, १५८३९४, १०५११६, १४७९३८, १०९८४८, १६३५९७, २६९७७१ र १२७८८९ छन् । कम्पनीका अध्यक्ष अम्बिकाप्रसाद पौडेल, सञ्चालक पंकज ज्ञवालीसहित पत्रकारहरु, कम्पनीका कर्मचारीहरुले लक्की ड्र कुपन थुतेका थिए ।


उनीहरुले एक कार्टुन चिउरा उपहार प्राप्त गरेका छन् । बिजेताहरुलाई छिट्टै उपहार हस्तान्तरण गरिने कम्पनीले जनाएको छ । हाइलाइफ चिउरा खरिदमा पहिलो चरणमा रिटेल पसलहरुका लागि बम्पर उपहार योजना ल्याएको र भदौबाट ग्राहकका लागि आकर्षक उपहार योजना ल्याउने तयारी रहेको कम्पनीले जनाएको छ ।

हाइलाइफका उत्पादनहरु नेपालमा लोकप्रिय बनेको उक्त अवसरमा बोल्दै कम्पनीका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले बताए । भाग्यशाली बिजेताहरुलाई बधाई ज्ञापन गर्दै उनले स्वदेशी ब्राण्डलाई माया गर्न आम व्यवसायी तथा उपभोक्ताहरुलाई आग्रह गरे ।

हाइलाइफका सबै प्रडक्टहरु स्वस्थकर रहेको सञ्चालक पंकज ज्ञवालीले बताए । हाइलाइफ नेपाली बजारमा एफएमसिजी प्रडक्ट बिक्री वितरण गर्दै आइरहेको प्रशिद्ध ब्राण्ड हो । हाइलाइफले नेपाली बजारमा एफएमसिजी ब्राण्डमा आक्रामक रुपमा बजार बिस्तार गर्न सफल छ । देशव्यापी नेटवर्क मार्फत हाइलाइफका प्रडक्ट बिक्री हुँदै आइरहेको ज्ञवालीले जानकारी दिए ।

बुटवलबाट उदाएको हाइलाइफ समूह पछिल्ला केही वर्षदेखि काठमाडौंमा कर्पोरेट कार्यालय खोली बजार बिस्तारमा केन्द्रित छ । हाइलाइफ ब्राण्डका चिउरा, कर्नफ्लेक्स, ओट्स, चिया सिड्स, सोयाविन, ग्रीन टि लगायतका प्रडक्ट बजारमा लोकप्रिय छन् । कम्पनीले एक महिना अगाडिबाट चिजबल लगायतका स्न्याक्सहरु पनि बजारमा सार्वजनिक गरेको छ । स्न्याक्सका प्रडक्टमा पनि बजारबाट राम्रो प्रतिक्रिया प्राप्त भएको कम्पनीले जनाएको छ । कम्पनीले आफ्ना उत्पादन विदेशका विभिन्न देशमा पनि बिक्री वितरण गर्दैै आएको छ ।

प्रतिक्रिया दिनुहोस्